दाङमा एक बालक सहित ५ जनामा कोरोना पुष्टि,

दाङ , दाङका एक बालक सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा दंगीशरण गाउँपालिकाका २ जनामा काेराेना संक्रमण पुष्टि भएको हो भने अन्य तीन जनाको स्थायी ठेगाना खुलाइएको छैन ।

भेरी अस्पतालका अनुसार दंगीशरण गाउँपालिका वडा नम्बर ३ का ५ वर्षीय बालक र ३० वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको छ। अन्य ठेगाना नखुलाइएका २०, ३२ र ३४ वर्षका रहेका छन् ।

यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ३६ पुगेको छ । यी मध्ये हाल सम्म दाङमा ४ सय ५० भन्दा धेरै निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।