लमजुङमा एकैदिन थपिए २२ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ श्रावण २, शुक्रबार १४:४१
प्रकासित समय : १४:४१
काठमाडौं ,गण्डकीमा थप २२ जना कोरोना संक्रमित थपिएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज लमजुङमा मात्रै २२ जना कोरोना संक्रमित थपिएका थपिएका हुन्।
लमजुङको मर्स्याङ्दीमा ६ जना २४, २४, ३०, ३५, ३६, ५७ वर्षका पुरुष, दोर्दीका ४ जना २२, २१, ३०, ३२ वर्षका पुरुष, राइनासका ८ जना १८, २१, २४, २७, २८, ३० वर्षका पुरुष र २० र १९ महिनाका वालिकाहरु संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्यस्तै, दूधपोखरीमा ३८ वर्षका एक जना पुरुष, बेंसीशहरका ३२ र ४३ वर्षका दुई जना पुरुष र क्वोलासोथारका ४७ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। गण्डकीमा आजै बिहान मात्रै पनि २२ जना संक्रमित थपिएका थिए। गण्डकी प्रदेशमा जम्मा कोरोना संक्रमितको संख्या एक हजार २ सय ७८ जना पुगेको छ।