नेकपा स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित
प्रकासित मिति : २०७७ श्रावण २, शुक्रबार ११:२१
प्रकासित समय : ११:२१
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहि समयका लागि स्थगित भएको छ ।
शुक्रबार बिहान ११ बजे बालुवटारमा बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
अधिकांश स्थायी कमिटी सदस्यहरु बालुवटार पुगेका थिए । तर, अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच केहि समय छलफल हुने भएपछि बैठक केहि समयका लागि स्थगित भएको बताइएको छ ।

