गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ श्रावण २, शुक्रबार १३:४६
प्रकासित समय : १३:४६
काठमाडौं, गण्डकी प्रदेशमा थप २५ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालय आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका १७ र तनहुँका आठ जना छन्। कास्की, पोखरास्थित क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको हो।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार २५६ पुगेको विज्ञप्तिमा उल्लेख छ।