काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं, काठमाडौं उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको छ। संक्रमण हुनेमा काठमाडौं १ र भक्तपुरका २ जना छन्।

अहिलेसम्म काठमाडौं उपत्यकामा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं जिल्लामा सबैभन्दा बढी २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुर जिल्लामा ७६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै भक्तपुर जिल्लामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।