कर्णालीमा थप ७ जनामा कोरोना पुष्टि

सुर्खेत,कर्णाली प्रदेशमा विभिन्न जिल्लामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका ५ जना तथा रुकुम पश्चिम र सल्यानका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ७३३ पुगेको छ। यस्तै शुक्रबार ५ जना डिस्चार्ज भएका छन्। योसहित कर्णालीमा डिस्चार्ज हुनेको संख्या १ हजार ४९३ पुगेको छ।  प्रदेशमा हालसम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।