अछामदेखी पैदलयात्रा गरेर कालिकोट लागे डा. केसी

अछाम, नेपालको मेडिकल शिक्षा गरिब जनताको पहुँचमा हुनुपर्छ, सर्बसुलभ शुल्कमा गरिब जनताका छोराछोरीले मेडिकल साइन्स पढ्न पाउनुपर्छ, स्वास्थ्य क्षेत्रका बिकृती, बेथिति अन्त्य हुनुपर्छ र मेडिकल माफियालाइ कारबाही हुनुपर्छ भन्दै १८ औ पटकसम्म आमरण अनशन बसिसकेका डाक्टर गोबिन्द केसि अछामको बयलपाँटा अस्पतालबाट कालिकोटको यात्रामा निस्केका छन । रामेछाप स्थायी घर भएका ६४ बर्षिया डाक्टर केसी हाडजोर्नी विशेषज्ञ हुन ।

उनले हालसम्म आफ्नै ब्यक्तिगत खर्चमा नेपालका ७७ वटै जिल्लाको भ्रमण गरि त्यहाँ जनताले पाइरहेको स्वास्थ्य सेवा, तथा मेडिकल क्षेत्रका विभिन्न समस्याहरुको प्रत्यक्ष अवलोकन तथा मुल्यांकन गरेर बुझेको बताए ।

डाक्टर केसीले अछाम जिल्लाको जनस्वास्थ्यको अबस्थालाइ अवलोकन तथा मुल्यांकन गर्न केही दिन बयलपाटा अस्पतालमा बिताएका हुन ।

त्यसपछि केही दिन कालिकोटको जनस्वास्थ्य तथा जनजिविकाको बारेमा बुझेर हुम्ला जाने बताएका छन । डाक्टर केसी अछामदेखि पैदल यात्रा गरि दैलेखको हुँदै कालिकोट लागेका छन ।