स्याङ्जामा थप ३ जना कोरोना संक्रमित थपिए

काठमाडौं ,गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमित थपिएको जनाएको हो।

नयाँ थपिएका तीन जना नै स्याङ्जाका रहेका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २ सय ३१ पुगेको छ।