सिन्धुपाल्चोकमा पहिरोले घर पुर्यो, ५ जना बेपत्ता
काठमाडौं,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा मध्यरातमा पहिरोले घर बगाउँदा पाँच जना वेपत्ता भएका छन् ।
बुधबार राति १ बजे आएको पहिरोले दुईवटा घर बगाउँदा घर भित्र सुतिराखेका पाँच जना वेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपी कति जना थिए भन्ने विषयमा थप खोजी र अनुसन्धान भइराखेको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म प्रहरी घटनास्थलमा पुगेको छैन् । स्थानीयहरु आफैले वेपत्ताको खोजी गरिराखेका छन् । आफूहरु घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।
पुरिएको घर कसको हो भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन् । स्थानीयको भनाइ उदृत गर्दै अध्यक्ष पौडेलले दिएको जानकारी राति ठूलो वर्षापछि अकस्मात ठूलो आवाजमा पहिरो झरेको थियो । स्थानिय त्रसिएर बाहिर निस्किएका थिए ।
यसअघि सिन्धुपाल्चोकमा असार २४ गते मध्यराति बाढीसँगै पहिरो आउँदा २ जनाको मृत्यु भएको थियो भने २० जना वेपत्ता भएका थिए । वेपत्ताको अबस्था अझै अज्ञात छ ।