काठमाडौंमा ३ जनामा कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा ३ हजार जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ। उपत्यकामा कोरोना संक्रमितको संख्या बढदै गएकोले स्वास्थ्य मन्त्रालयले परीक्षणको संख्या बढाएको हो। संक्रमितको संख्या कम भएकोले पिसिआर परीक्षण कम गरेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए।
उनले भने,’कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ। तर, कोरोनाको जोखिम टरेको छैन।’ पिसीआर टेस्टको बारेमा विभिन्न समुदाय र संस्थाहरुले उठाएको बारेमा मन्त्रालयलाई जानकारी भइसकेको उनले जानकारी दिए। हवाइ र स्थल मार्गबाट प्रवेश गरेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको पीसीआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालय कठिबद्ब रहेको उनले बताए।
विदेशबाट नेपाल आउनेको संख्या धेरै घटेको छन, क्वारेन्टाइनमा बसेका धेरै जना घर फर्किइसकेको उनले जानकारी दिए। प्रवक्ता गौतमले भने,’ मन्त्रालयसँग १० हजार जनाको परीक्षण गर्ने क्षमता छ। आवश्यक परे १० हजार भन्दा बढीको जाँच गर्न सक्षम छौँ।’ पछिल्लो २४ घण्टामा देशभर १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता गौतमले बिहीबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय १३ जना रहेको जानकारी दिए।