२५ किलो चाँदीसहित एक जना पक्राउ
प्रकासित मिति : २०७७ असार ३१, बुधबार २०:१९
प्रकासित समय : २०:१९
काठमाडौं, प्रहरीले २५ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका १९ विश्वम्भरपुर टोलबाट २५ केजी चाँदी सहित स्थानीय वकिल अन्सारीलाई पक्राउ गरेको हो ।
ना६१ प ७२०४ नम्वरको मोटरसाईकलमा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको छ ।