सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

धनगढी, सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (बुधबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कञ्चनपुरमा सबैभन्दा बढी ११ जना छन्। यस्तै, कैलाली र अछाममा चार चार जनामा कोरोना संक्रमिण देखिएको छ। तीमध्ये १२ पुरुष र सात महिला छन्।

यससँगै अस्पतालको प्रयोगशालामा कोरोना पुष्टि भएको संख्या १०७७ पुगेको छ।