शसस्त्र प्रहरीका एसएसपी बलात्कार आरोपमा पक्राउ
प्रकासित मिति : २०७७ असार ३१, बुधबार १८:५३
प्रकासित समय : १८:५३
काठमाडौं,सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामा पाटन पोखराका प्रमुख एवं एसएसपी राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
एसएसपी अधिकारीमाथि चितवनकी एक ३० वर्षीया महिलालाई तालिमकेन्द्रस्थित आफ्नै क्वाटरमा बोलाएर बलात्कार गरेको आरोप लागेको छ।
चितवनकी २७ वर्षीया महिलालाई तालिम केन्द्रमा बोलाएर बलात्कार गरेको आरोपमा एसएसपी अधिकारीलाई नियन्त्रणमा लिइएको गण्डकी प्रदेश प्रहरीकी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक किरण राणा जानकारी दिइन् ।
पोखरास्थित मामाघरमा बस्दै आएकी चितवनकी ती महिलालाई एसएसपी अधिकारीले खाना खान बोलाएर जबर्जस्ती करणी गरेको आरोप छ ।