बाँकेमा थपिए ६ जना कोरोना संक्रमित, ९ जना डिस्चार्ज

बाँके ,बुधबार ६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनालाई जित्दै बाँकेबाट ९ जना डिस्चार्ज भएका छन । कोरोना भाईरससँगको लडाईमा जित हासिल गरेका बाँकेका ७ र बर्दियाका दुई जना डिस्चार्ज भएका हुन ।

९ जना डिस्चार्ज भएकै दिन बुधबार बाँकेका पुन ६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनामुक्त हुँदै गएको बाँकेका दुई पालिकामा ६ जना कोरोना संक्रमित भेटिएका हुन ।

नयाँ संक्रमितहरुमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ का २५ वर्षिय पुरुष र खजुरा गाँउपालिका ८ का ३९ वर्षिय १ महिला सहित ४० र ५२ वर्षिय पुरुष तथा वडा नं. २ का ३२ वर्षिय पुरुष र वडा नं. ३ का ३१ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।