पछिल्लो २४ घण्टामा थपिए ११६ जना संक्रमित, ६९७ जना डिस्चार्ज

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ११ हजार २५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६९७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६४.२ प्रतिशत संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ३८ जनाले ज्यान गुमाईसकेका छन् ।  यस्तै, मुलुकका ४ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार भोजपुर, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमित भेटिएका छैनन् ।

नेपालमा पीसीआर विधिबाट हालसम्म २ लाख ९८ हजार ८२९ जनाको नमूना परीक्षण गरिएको छ । गत २४ घन्टामा पीसीआर विधिबाट ५ हजार ९० जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २४ हजार ५२७ छ भने आइसोलेसनमा ६ हजार ११३ जना उपचाररत छन् । हाल मुलुकका २६ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।