काठमाडौंमा बुधबार थपिए ७ जना संक्रमितको संख्या ३६५

काठमाडौं,काठमाडौं उपत्यकामा बुधबार कोरोना भाइरसका ७ जना संक्रमित थपिएका छन्।

बुधबार थपिनेमा काठमाडौंका ७ जना छन्। योसहित काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३६५ पुगको छ।जसमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुर जिल्लामा ७६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै भक्तपुर जिल्लामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।