रोकिएन राप्ती नदीमा दोहन, अबैध तरिकाले धमाधम उत्खनन्
देउखुरी, दाङको देउखुरी स्थित राप्ती नदीबाट नदीजन्य पदार्थ उत्खनन् कार्य अझै रोकिएको छैन् । लमही-गढवा सडक खण्डको पुल नजिकैबाट राप्ती नदीमा दुईवटा स्काभेटरले उत्खनन् कार्य जारी राखेका छ्न् । स्काभेटरले उत्खनन् गर्ने र टिप्परले क्रसर उद्योगमा ओसारी राखेको स्थानीयले बताएका छ्न् ।
राप्तीको उत्खनन् कार्य सेटिङमै अगाडि बढेको स्पष्ट आँकलन गर्न सकिन्छ। कस्को मिलोमतो हो यो उत्खननले त राप्तीमा जोखिम बढाउने भयो भनि नाम नबताउने सर्तमा एक स्थानीयबासीले बताएका छ्न् । नदीजन्य पदार्थको उत्खनन गर्दा इजाजत दिने निकायले ८० सेन्टिमिटर भन्दा बढि खन्न नपाउने सर्त तोकेको भए पनि यहाँ ४/५ मिटर पनि खन्ने गरेका छ्न् ।
जेठ मसान्त पछि नदीनालामा उत्खनन् कार्य बन्द गर्ने नियम कागजमा सिमित राखी राप्ती नदीमा धमाधम उत्खनन् कार्य जारी राखेकोले स्थानीय बासी चिन्तित बनेका छन् । देखावटी रुपमा उपभोक्ताले घर प्रयोजनका लागि ल्याइएका ढुंगा गिट्टी बालुवा ओसारेका एक दुईवटा ट्याक्टर नियन्त्रणमा लिने र धमाधम टिप्परमा नदीजन्य पदार्थ ओसार्दा नियमन गर्ने निकाय मुखदर्शक बनेका छन् ।