दलित तथा गैह्रदलित राष्ट्रिय संञ्जालकाे धमाधम जिल्ला संयाेजक ताेकिदै

 दाङ , जातिय विभेद एवं छुवाछुत ब्यवहारतः मुक्त समतामुलक समाज निर्माणका लागि गठित महाअभियान दलित तथा गैह्र दलित राष्ट्रिय संञ्जालकाे जिल्ला संयाेजक ताेक्ने काम धमाधम भईरहेकाे छ । सञ्जालले आज मंगलबार मात्रै दुई जिल्ला रूपन्देही र प्यूठानमा पनि जिल्ला संयाेजक चयन गरेकाे छ ।

जस अन्तर्गत रुपन्देहीको जिल्ला संयोजकमा स्वतन्त्र पत्रकार संघका रुपन्देहीका अध्यक्ष अनिल पहाडी (परीयार) र प्युठानको जिल्ला संयोजकमा समाजसेवी प्रमोद कर्माचार्य चयन गरिएकाे सञ्जालका केन्द्रीय अध्यक्ष बिष्णुकुमार देवकाेटा शर्मा उपाध्यायले जानकारी दिए ।
कुशल संगठक, स्पष्टवक्ता एवं कर्मठ युवाको छबि बनाएका पहाडी र कर्माचार्यलाई संञ्जालका केन्द्रिय अध्यक्ष बिष्णुकुमार देवकोटा शर्मा उपाध्यायले दाङ, रुपन्देही र प्यूठानमा दलित तथा गैह्र दलित समुदायका अभियन्ताहरुलाई समेटेर जिल्ला समिति निर्माणको कार्यभार पुरा गर्नका लागि संयोजकमा चयन गरिएकाे सञ्जालका केन्द्रीय संञ्चार सचिव तथा प्रवक्ता सन्ताेषकुमार गुप्ताले जानकारी दिए ।

साहित्यकार, गीतकार , संगितकार एवं गायकको समेत छवि बनाएका रुपन्देहीका पहाडी र सफल व्यवसायी (वि आर वान ग्रुप) का अभियानकर्मी तथा संचारकर्मीको छवि बनाएका कर्माचार्य प्युठानको सुपरीचित नाम रहेकाे प्रवक्ता गुप्ताले बताए ।  देशैभरी ७७ जिल्लाहरुमा महाअभियान दलित तथा गैह्रदलित राष्ट्रिय संञ्जालको जिल्ला कार्यसमितिहरु गठन गर्ने अभिप्रायले जिल्ला संयोजकहरु तोक्दै जाने संजालले निती लिएको सञ्जालका केन्द्रीय अध्यक्ष देवकोटाले जानकारी दिए । 

“देशैभरी संयोजकहरु तोकिने छन्” देवकोटाले भने । कानुनतः देश जातिय विभेद एवं छुवाछुत मुक्त भईसकेको भएतापनि व्यवहारतः अझैपनि छुवाछुत एवं जातिय विभेद कायम रहेको भन्दै संञ्जाल गठन गरी अभियान संचालन गरीएको संजालका प्रवक्ता एवं केन्द्रिय संञ्चार सचिव सन्ताेषकुमार गुप्ताले दावी गरेका छन् ।