स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युबर्सहरुलाई सदस्यता प्रदान गर्ने

दाङ, स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युवर्सहरुलाई संस्थाको सदस्यता बितरण गर्ने भएको छ । यूट्युवर्सहरु पनि पत्रकार भएको ठहर गर्दै स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले संस्थागत एवं व्यक्तिगत रुपमा पत्रकार संस्थामा आबद्ध गर्नका लागि सदस्यता प्रदान गर्न लागेको स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिए । 

स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ को फेसबुक मेसेन्जरग्रुपमा भएको बैठक पछि बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रदेश नं ५ का सचिव बिन्दु घिमिरेले यूट्युवर्सहरुलाई पत्रकार आचारसंहिता पालना गराउन आवश्यक रहेका कारण सदस्यता प्रदान गर्न लागिएको स्पष्ट पारिन् । पछिल्लो समयमा यूट्युवर्सहरुले पत्रकारिता आचार संहिताको पालनामा चिप्लिएको जनगुनासो सम्बोधन गर्दै सदस्यता प्रदान गर्न लागिएको स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का कार्यवाहक अध्यक्ष ईश्वरप्रसाद पौड्यालले बताए ।

नेपाल भरी जुनसुकै स्थानबाट संञ्चालनमा रहेका यूट्युवर्सहरुले सदस्यताका लागि आबेदन दिन सक्ने छन् संघले जनाएकाे छ ।
यूट्युवर्सहरुलाई सदस्यता प्रदान गर्नका लागि स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का अध्यक्ष बिष्णुकुमनर देवकोटाको संयोजककत्वमा , कार्यवाहक अध्यक्ष ईश्वरप्रसाद पौड्याल, सचिव बिन्दु र कोषाध्यक्ष बिमल भट्टराई सम्मिलित चार सदस्यीय सदस्यता बितरण कमिटी निर्माण गरेको छ ।

यस्तै स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले सदस्य संख्या बृद्धि गर्नका लागि प्रदेश नं ५ भरि सदस्यता बितरण कार्यलाई तिब्रता दिने जनाएको छ । बैठकले सबै प्रदेश नं ५ मातहतका जिल्ला शाखाहरुलाई निसर्त पत्रकारहरुलाई सदस्यता बितरण गर्ने निर्देशन दिएको छ । सदस्यता बितरणका लागि क्रियाशिल संञ्चारकर्मीहरुले संम्पर्क राख्न अनुरोध गरेको छ ।

सदस्यता लिन चाहने यूट्युवर्सहरुले बिष्णुकुमार देवकोटा ९८५७८३५१५७, ईश्वरप्रसाद पौड्याल ९८५७०३७९१०, बिन्दु घिमिरे ९८४३५३६६८० र बिमल पौडेल ९८६७०००२६९ मा सिधा संम्पर्क राख्न अनुरोध गरिएको छ ।  यस्तै संम्पर्कका लागि स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ को ईमेल [email protected] मा पनि संम्पर्क राख्न अनुरोध गरीएको छ ।