स्याङ्जामा पहिरोले ४ जना बेपत्ता,एकको शव फेला
प्रकासित मिति : २०७७ असार ३०, मंगलवार ११:२७
प्रकासित समय : ११:२७
काठमाडौं ,स्याङ्जामा पहिरोले पुरिएर चार जना बेपत्ता भएका छन्। बेपत्ता मध्ये एकजनाको शव भेटिएको छ।
कालिगण्डकी गाउँपालिका–४ खहरेमा कुलो बनाउँदा जाँदा चार जना बेपत्ता भएको र ती मध्य एक जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए।
बेपत्ताको खोजी जारी रहेको थापाले बताए। यसै बिच भूमी व्यवस्था तथा सहकारी मन्त्री तथा स्याङ्जाबाट निर्वाचित सांसद पद्माकुमारी अर्यालले चार जना पुरिएको पुष्टि गर्दै उद्दार तथा उपचारमा खटिन सबैमा अपिल गरेकी छन्। उनले मौसमको खराबीका कारण कारण हेलिकोप्टर पठाउन नसकिएको जनाएकी छन्।