घुस लिएको अभियोगमा मालपोतका नायव सुब्बा पक्राउ
प्रकासित मिति : २०७७ असार ३०, मंगलवार १७:०९
प्रकासित समय : १७:०९
सप्तरी, भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज (मंगलबार) घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार कार्यालय राजविराज, सप्तरीमा कार्यरत नासु ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको भनिएको अवस्थामा पक्राउ गरिएको हो । ठाकुरलाई ट्रायल चेक गरी बढी जग्गाको श्रेस्ता कायम गरी दिने प्रयोजनका लागि घुस लिएको अभियोग लगाइएको छ । सेवाग्राहीबाट लिएको भनिएको रु १३ हजारसहित उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।