काठमाडौमा कुल ३५८ जनामा कोरोना पुष्टि

काठमाडौं, काठमाडौं उपत्यकामा ३ वटा जिल्लामा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा आज (मंगलबार) थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कुल संख्या ३५८ पुगेको हो।

जसमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महाशाखाका अनुसार ललितपुर जिल्लामा ७६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै भक्तपुर जिल्लामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं बागमती प्रदेशमा सबैभन्दा धेरै कोरोना संक्रमित पुष्टि भएको जिल्लामा।