काठमाडौँका २ जनामा देखियो संक्रमण
प्रकासित मिति : २०७७ असार ३०, मंगलवार १६:५८
प्रकासित समय : १६:५८
काठमाडौँ , काठमाडौँ उपत्यकामा आज थप २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँका २ जनामा संक्रमण देखिएको हो । यी संक्रमित कुन कुन ठाउँका हुन् भन्नेबारे भने मन्त्रालयले खुलाएको छैन । सोमबार मात्र पनि उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा संक्रमण पुष्टि भएको छ।