आज मात्र ३४ जना कोरोना संक्रमित निको भएर घर फर्किए
प्रकासित मिति : २०७७ असार ३०, मंगलवार १७:३०
प्रकासित समय : १७:३०
काठमाडौं ,२४ घन्टायता ३४ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिडसम्बन्धी नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गत २४ घण्टामा ३४ जना कोरोना संक्रमित निको भएर फर्किएको बताए।
यस्तै हालसम्म १० हजार ३ सय २८ जना संक्रमित कोरोनाबाट मुक्त भएर अस्पतालबाट घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिएका छन्।