अझै तीन दिन भारी वर्षा हुने

काठमाडौं, मनसुन सक्रिय भएसँगै गत शुक्रबारदेखि परेको अविरल वर्षा अझै तीन दिनसम्म कायम रहने भएको छ ।

मंगलबार, बुधबार र बिहीबार पनि देशका अधिकांश भागमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ भने केहि स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (मंगलबार) बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

दिउँसो र साँझ देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । बुधबार र बिहीबार पनि देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।