१७ लाखको पर्खाल २४ घण्टा नपुग्दै भत्कियो
प्रकासित मिति : २०७७ असार २९, सोमबार १९:२६
प्रकासित समय : १९:२६
बैतडी, बैतडीको शिवनाथ गाउँपालिका–१ मा निर्माण गरिएको भूमिराज हरितपार्कको पर्खाल निर्माण सम्पन्न भएकै दिन भत्किएको छ । पार्कमा ग्याभिनजाली भरेर लगाइएको पर्खाल २४ घण्टा नपुग्दै भत्किएको हो ।
संघीय सरकारको वतावरण विभाग र शिवनाथ गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न गरिएको पाकै २४ घण्टा नपुग्दै भत्किएको छ ।
प्राविधिकले दिएको इष्टिमेट भन्दा उपभोक्ता समितिले आफ्नौ तरिकाले निर्माण गरेकाले पार्कको ग्याभिनजाली पर्खाल भत्किएको शिवनाथ गाउँपालिकाका इन्जिनीयर कमल ओझाले बताए । ओझाले भने उपभोक्ता समिति सल्लाह भन्दा बाहिर गएर निमार्ण गरेकाले यो अबस्था सिंजना भएको हो ।
दुई दिनसम्म निरन्तर आएको पानीले भत्काइदियो’, उनले भने । लकडाउनका कारण प्राविधिक घर गएको समयमा उपभोक्ता समितिले आप्mनै तरिकाले ग्याभिनजालीमा पर्खाल निर्माण गरेका थिए ।