दलित तथा गैह्र दलित राष्ट्रिय संजाल दाङको संयोजकमा : शर्मा

दाङ , जातिय विभेद एवं छुवाछुत ब्यवहारतः मुक्त समतामुलक समाज निर्माणका लागि गठित महाअभियान दलित तथा गैह्र दलित राष्ट्रिय संजाल दाङको संयोजकमा शरद शर्मा चयन भएका छन् ।

कुशल संगठक, स्पष्ट वक्ता एवं कर्मठ युवाको छबि बनाएका शर्मालाई संजालका केन्द्रिय अध्यक्ष बिष्णुकुमार देवकोटा शर्मा उपाध्यायले दाङ जिल्लामा दलित तथा गैह्र दलित समुदायका अभियन्ताहरुलाई समेटेर जिल्ला समिति निर्माणको कार्यभार पुरा गर्नका लागि संयोजकमा चयन गरेका हुन् ।

देशै भरी ७७ जिल्लाहरुमा महाअभियान दलित तथा गैह्र दलित राष्ट्रिय संजालको जिल्ला कार्यसमितिहरु गठन गर्ने अभिप्रायले जिल्ला संयोजकहरु तेक्दै जाने संजालले निती लिएको देवकोटाले बताए । 

“देशै भरी संयोजकहरु तोकिने छन्” देवकोटाले भने । कानुनतः देश जातिय विभेद एवं छुवाछुत मुक्त भईसकेको भएतापनि व्यवहारतः अझैपनि छुवाछुत एवं जातिय विभेद काय रहेको भन्दै संञ्जाल गठन गरी अभियान संञ्चालन गरिएको संञ्जालका केन्द्रीय सञ्चार सचिव तथा प्रवक्ता सन्तोषकुमार गुप्ताले जानकारी दिएका छन् ।