प्रेम रुपी उपहारहरु जलाएर गयौं ।
प्रकासित मिति : २०७७ असार २९, सोमबार १५:५२
प्रकासित समय : १५:५२
सजाएका महलहरु ढलाएर गयौं,
प्रेम रुपी उपहारहरु जलाएर गयौं ।
निस्छल हाम्रो प्रेम सम्बन्धमा तिमिले,
अनेकथरी आरोप हरु चलाएर गयौं ।
तिमिप्रती समर्पित दर्जनौ सपनाहरु,
र भावनाहरु वायुवेगमा उडाएर गयौं ।
अँध्यारो त्यो औंशिको रात बिर्सेर प्रिया,
केही पल मेरो जिन्दगीमा रमाएर गयौं ।