तोड्नु छ दुश्मनका फलामे जन्जिर आमा
प्रकासित मिति : २०७७ असार २९, सोमबार ११:३६
प्रकासित समय : ११:३६
यात्रा छ कठिन बाटो भिर आमा ।
तोड्नु छ दुश्मनका फलामे जन्जिर आमा ।
गन्तव्य मा हर चुनौती आउन सक्छन्
नथाकी सामना गर्छन् वीर आमा ।
न भोक न प्यास भन्छौं हामी
हरेस नखाई छुन्छौ बिजय को सिर आमा ।
बिजय भएर मात्र फर्किनेछु एक दिन
नफर्के नमानु कहिले पिर आमा ।