सुदूरपश्चिममा थप ११ जनामा कोरोना पुष्टि

धनगढी, सुदूरपश्चिममा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (सोमबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार कैलालीमा १० र अछाममा एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घन्टामा २४३ जनामा गरिएको कोरोना परीक्षणमा उनीहरुलाई कोरोना भाइरस देखिएको विज्ञप्तिमा उल्लेख छ। यससँगै सुदूरपश्चिमको धनगढीस्थित प्रयोगशालामा कोरोना पुष्टि भएको संख्या एक हजार ५१ पुगेको छ।