थप १४४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

काठमाडौंं,  नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज थपिएका १४४ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ । हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।