काठमाडौंमा थप सात जनामा कोरोना संक्रमण

काठमाडौंं, पछिल्लो २४ घण्टामा नेपालमा १४४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका सात जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा एक, ललितपुरमा पाँच र काठमाडौंमा एक गरी उपत्याकामा सात जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । आज (सोमबार) थपिएका १४४ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक हजार ७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ । हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।