कर्णालीमा थप ४७ जनामा कोरोना संक्रमण, सुर्खेतका मात्रै ४१ जना
प्रकासित मिति : २०७७ असार २९, सोमबार १६:०५
प्रकासित समय : १६:०५
सुर्खेत, पछिल्लो केहि दिनयता देशमा कोरोना संक्रमितको संख्या घटिरहेको तथ्याङ्क आइरहेका बेला आज (सोमबार) कर्णाली प्रदेशमा एकैपल्ट ४७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमिमतमध्ये ४१ जना सुर्खेतका छन् भने रुकुम पश्चिम र दैलेखका दुई–दुई जना र जाजरकोट र बाँकेका एक–एक जना छन् ।