कोइलाबासमा भवन बाउण्ड्रि शिलान्यास नमूना बिकासमा गाउँपालिकाको ध्यान
कोइलाबास, कोइलाबासको नमूुना बिकासका लागि गढवा गाउँपालिकाको ध्यानाकर्षण भएको शनिवार आयोजित एक कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभएको छ । गढवा उद्योग बाणिज्य संघको सम्पर्क कार्यालय बाउण्ड्रि शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताउनु भएको हो ।
कोइलाबासमा राष्ट्रिय योजना आयोगको समेत नजर परेको भन्दै अध्यक्ष यादवले गाउँपालिका र वडा कार्यालय मार्फत बिभिन्न बिकास योजनाहरुमा तिब्रता दिइएको र यहाँको पर्यटन बिकासमा गाउँपालिकाको ध्यान गएको बताउनुभयो । पर्यटन बिकासका लागि जनकपुर पछिको दोश्रो ठूलो रामजानकी मन्दिरलाई थप ब्यवस्थित गर्ने,कोइलाबासमा भ्यूटावरको निर्माण गर्ने, हरियाली पार्क निर्माण गर्ने,संघ र प्रदेश सरकारसंग समन्वय गरि भन्सार कार्यालय र भन्सार कष्टमलाई ब्यवस्थित र प्रभावकारी बनाउने गाउँपालिकाको योजना रहेको उहाँले बताउनुभयो ।
कोइलाबासमा आँखा अस्पताल यसैबर्ष तयार भएको र आगामी चालु बर्षदेखि संचालनमा आउने अध्यक्ष यादवले बताउनुभयो । खानेपानीको हाहाकार भएको कोइलाबासमा खानेपानीको डिप बोरिङ सफल भएर टैंकीदेखी बोरीङ र नागरिकका गाउँटोलहरुमा पाइपलाईन बिस्तारको कार्य हाल तिब्र रुपमा चलिरहेको उहाँले बताउनुभयो । यत्तिमात्र होइन डाँडागाउँमा सडकको स्तरोन्नती गर्न पक्कि नाली निर्माण,खबरीनाका र मुसिनाका जोड्ने सडकको ट्रयाक खोलिएको र मुसिनाकामा २० लाखको लागतमा बिद्युत्तलाइन बिस्तार गरिएकोमा यसैबर्षदेखि बत्ति बोल्ने योजना तिब्र गतिमा रहेको वडा अध्यक्ष सद्दाम सिद्दिकीले जानकारी दिनुभयो ।
गाउँपालिकाको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमबाट खबरीनाकामा यसैबर्ष देखि पक्कि कुलो निर्माणको काम सुरु भएको छ भने लमही कोइलाबास सडकको निर्माण कार्य सकिनै लाग्दा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बेरोजगार नागरिक परिचालन गरि राम जानकी मन्दिर तथा झोलुंगेपुल जाने सडक ग्रभेल,नालीनिर्माण र कालोपत्रे समेत भै रहेको छ । गाउँपालिकाको पहलमा कोइलाबास खोलामा चेक ड्याम निर्माण भएपछि यसबर्षदेखि खानेपानीको समस्या टर्ने देखिएको वडा अध्यक्ष सद्दाम सिद्दिकीले बताउनुभयो ।
कोइलाबासको खानेपानी ब्यवस्थापन गर्न प्रदेश सरकारको पनि ध्यान गएको उहाँले बताउनुभयो । कोइलाबासको नमूना बिकासमा गाउँपालिका र वडा कार्यालय सकृय रहेको र बिभिन्न टोल तथा बजार क्षेत्रमा सडकमा नाली,कल्भर्ट,ग्राभेल तथा कालोपत्रेका कामहरु समेत अगाडी बढीरहेका गाउँपालिकाले जनाएको छ ।
यसैविच गढवा गाउँपालिका र वडा कार्यालयद्धारा प्रदान गरिएको जग्गामा शनिवार गढवा उद्योग बाणिज्यसंघले सम्पर्क कार्यालय बनाउन बाउण्ड्रि शिलान्यास गरेको छ । संघका अध्यक्ष रविलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बाउण्ड्रि शिलान्यास गर्नुभएको हो । कार्यक्रममा वडा अध्यक्ष सद्दाम सिद्दिकी,गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युबराज पोखे्रल,सल्लाहकार उमाकान्त पन्त,नागरिक समाज गढवाका संयोजक मोहन कुमार पाण्डेय लगायतले कोइलाबासको बिकासमा उद्योग बाणिज्य संघको अहं भूमिका रहनुपर्ने बताउनुभएको थियो ।
भन्सार कार्यालय,भन्सार कष्टम र उद्योग ब्यवसाय तथा पर्यटन प्रबर्धन गर्न संघको तर्फबाट संघ,प्रदेश र स्थानीय सरकारसंग समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने संघका अध्यक्ष रविलाल आचार्यले बताउनुभएको छ । कार्यक्रमको संचालन प्रेस सल्लाहकार शिबराज पन्थीले गर्नुभएको थियो ।
कोइलाबासमा रोग प्रतिरोधात्मक औषधि वितरण
यसैविच गढवा उद्योग बाणिज्य संघको आयोजनामा शनिवार देउखुरीको कोइलाबासमा झण्डै पाचसय जना नागरिकलाई निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गरिएको संघका अध्यक्ष रविलाल आचार्यले जानकारी दिनुभयो । माडवारी समाज नेपाल र बुटवल उद्योग बाणिज्य संघको समन्वय र सहकार्यमा पहिलो चरणमा यो होमियो पैथिक औषधि वितरण गरिएको हो । दोश्रो चरणमा आम नागरिकहरुलाई यो औषधि वितरणको प्रयास गरिने संघका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
बिहान खालिपेट दैनिक ३ दिन लगातार एक एक गोली खाने र त्यसछि ३ हप्ता सम्म हप्तामा एक गोलि खाने गरि यो आर्युबेद औषधी वितरण गरिएको र यसले मानव शरिरमा रोगसंग लढ्ने प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण कार्यक्रममा जानकारी गराइएको थियो ।