दाङको बेलझुण्डी आइसोलेसनबाट दुई नेपाली सेना सहित ३२ जना डिस्चार्ज
दाङ , दाङमा कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आईतवार दुई नेपाली सेना सहित ३२ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् ।
कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उनीहरु उपचार पछि निको भएपछि आईतवार घर पठाईएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन् । अस्पतालमा भई १४ दिन पुरा गरेकालाई डिस्चार्ज गरिएको छ । जसमा दुई जना नेपाली सेना सहित ३२ जनालाई घर पठाईएको हो ।
व्यवस्थापक वलीका अनुसार रिपु मदनगण घोराहीमा कार्यरत उदयपुर र ईलामका एक\एक जना नेपाली सेना, तुलसीपुरका ८ जना, बबईका १० जना, बंगलाचुलीका ७ जना, शान्तीनगरका ३ जना र दंगीशरणका २ जना संक्रमित उपचार पछि निको भएका हुन् ।
अस्पतालमा रहेका ४७ जना संक्रमित मध्ये ३२ जनाको डिस्चार्ज भएसंगै बाँकी १५ जना रहेको व्यवस्थापक वलीले जानकारी दिएका छन् । संक्रमित मध्ये अधिकांस भारत सहित अन्य मुलुकबाट आएर क्वारेन्टाईनमा बसेका हुन् भने दुई जना नेपाली सेना कोरोना संक्रमितहरुको उद्धार तथा व्यवस्थापनमा खटिएका रहेको जनाईएको छ । बेलझुण्डीबाट यस अघि शनिवार ८ जनालाई डिस्चार्ज गरिएको थियो ।