दलित सञ्जालको केन्द्रीय संञ्चार सचिवमा पत्रकार गुप्ता चयन
प्रकासित मिति : २०७७ असार २८, आईतवार १७:२०
प्रकासित समय : १७:२०
कुसे न्युज, दाङ ,जातिय विभेद एवं छुवाछुत मुक्त समतामूलक समाजको निर्माणका लागि गठित दलित तथा गैह्रदलित राष्ट्रिय साझा सञ्जालको केन्द्रीय संञ्चार सचिव एवं सञ्जालको प्रवक्तामा पत्रकार सन्तोषकुमार गुप्ता चयन भएका छन् ।
संञ्जालका केन्द्रीय अध्यक्ष बिष्णुकुमार देवकोटा शर्मा उपाध्यायले गुप्तालाई सञ्जालको प्रवक्तामा मनोनित गरेका हुन् । आधुनिक समाजको कलंकको रुपमा रहेको नेपालमा व्यप्त जातीय विभेद एवं छुवाछुत (सांकेतिक) समेत अन्त्य गर्न संञ्चारजगतको महत्वपूर्ण भुमिका हुने हुँदा गुप्तालाई संञ्चारगृह तथा मिडिया संग समन्वयको प्रभावकारी भूमिकाका लागि मनोनित गरिएको देवकोटाले जानकारी दिएका छन् ।
बिगत १० बर्षदेखी पत्रकारीतामा क्रियासील गुप्तालाई मिडिया समिति बिस्तारको समेत जिम्मेवारी प्रदान गरीएको छ ।