बिप्लवका युवा संगठनका सेति महाकाली इन्चार्ज भट्ट पक्राउ, संगठनद्धारा रिहाई माग

बैतडी, विप्लव नेतृत्वको नेकपाका भातृ संगठन युवा संगठनका सेति महाकाली इन्चार्ज श्याम भट्टलाई प्रहरीले गिरफतार गरेको छ । शनिबार जिल्लाको पाटन नगरपालिका १० बाट पक्राउ गरेको युवा संगठनले जनाएको छ ।

संगठनले बिनाकारण आफना नेता गिरफातार गरेको भन्दै निन्दा गरेको छ । साथै संगठनकाे ध्याकर्षण भएकाे बताएकाे छ । 

आइतबार संगठनका केन्द्रिय उपाध्यक्ष दिनेशद्धारा जारी बिज्ञप्तिमा भनिएको छ कोभिड १९ को महामारीको बेला फासीबादी ढंगले गिरफतार गरिनु निन्दनीय हो । साथै आफना नेतालाईै यथासिघ्र रिहाईको समेत माग गरिएको छ ।