तस्विरमा : पहिरोले भासिएको बारेकोटको दर्दनाक कथा
जाजरकोट,जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरो र बाढीमा परेर मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । पहिरो र बाढीमा परेका मध्ये अझै पाँच जना पत्ता लागेका छैनन ।

अविरल वर्षाका कारण बारेकाेटका अन्य क्षेत्रमा पनि पहिरो जाने सम्भावना बढेकाले पाँचसयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । पहिराेले ठूलाे जनधनकाे क्षति भएकाे छ ।

पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ ।







Related Posts
-
काठमाडौं १ मा रवीन्द्र मिश्रको कमजोर प्रस्तुति, मनोनयनमा देखिएनन प्रभावशाली नेता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं १ मा रवीन्द्र मिश्रलाई विवादका बिच टिकट -
सिटिइभिटीको नयाँ उपाध्यक्षमा मोहम्मद सफीउल्लाह नियुक्त, पदभार ग्रहण
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को उपाध्यक्ष पदमा मोहम्मद सफीउल्लाह

