संखुवासभामा पहिरोले सात घर बगायो ११ जना बेपत्ता
प्रकासित मिति : २०७७ असार २८, आईतवार ०९:१३
प्रकासित समय : ०९:१३
संखुवासभा, लगातारको बर्षापछि संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा सात घर पहिरोले बगाएको छ । सिलिचोङ–१ सिसुवाखोलामा गए राति पहिरो ले घर बगाउँदा ११ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
लगातारको बर्षाका कारण पहिरो जाँदा सात घर बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् ।
त्यस क्षेत्रमा अहिले पनि भारी बर्षा भइरहेको सिलिचोङ गाँउपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिएका छन् । भारी बर्षा र ठाउँ–ठाउँमा गएको पहिरोका कारण अझैसम्म घटनास्थलमा प्रहरी पुगेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।