पाँच किलो लागूऔषध सहित मोटरसाइकल बरामद
प्रकासित मिति : २०७७ असार २८, आईतवार १७:०८
प्रकासित समय : १७:०८
काठमाडौं, पाँच किलोग्राम आगूऔषध अफिमसहित मकवानपुर प्रहरीले एउटा मोटरसाइकल बरामद गरेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौडा उपमहानगरपालिका–१९ नेवारपानीबाट नियमित सवारी चेक जाँचका क्रममा मोटरसाइकलसहित अफिम बरामद गरेको प्रहरीले जनाएको छ। मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सवारी चेकजाँच देखेर चालक झोला र मोटरसाइकल छोडी जंगलतर्फ भागेको जानकारी दिए।
ना४३प ५७८४ नम्बरको उक्त मोटरसाइकलका चालकको खोजी भइरहेको राठौले बताए। प्रहरीले हालसम्म बरामद गरेको अफिममध्ये यो हालसम्मकै बढी रहेको राठौरले दाबी गरे। लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १५ वर्षदेखि जन्मकैद तथा पाँच लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था छ।

