दाउरा टिप्न गएका श्रीमान-श्रीमती बबईमा वेपत्ता

गुलरिया, दाउरा टिप्न गएका श्रीमान-श्रीमती नदिले बगाएर वेपत्ता भएका छन । बर्दियाको ठाकुरबाबा नगरपालिका खैलार गार्डमा बबई नदीले बगाएर ल्याएका दाउरा टिप्ने क्रममा श्रीमान श्रीमतिलाई बगाएर वेपत्ता भएका हुन ।

शनिबार दिउँसो ठाकुरबाबा नगरपालिका ४ निवासी २५ वर्षीय जीतबहादुर थारु र उनकी २६ वर्षीया श्रीमती राजकुमारी थारु बबई किनारमा दाउरा समात्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।