जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्ष सिल
प्रकासित मिति : २०७७ असार २८, आईतवार १२:४०
प्रकासित समय : १२:४०
सुर्खेत, एक जना कैदीमा कोरोना संक्रमण भेटिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ । बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएपछि थुनुवा कक्ष सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
कोरोना पुष्टि भएका थुनुवा असार १४ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका थिए । उनलाई आइसोलेसनमा राखिएको छ ।
कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको प्रहरीले जनाएको छ।