काठमाडौं उपत्यकामा ६ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौ, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनले काठमाडौंमा ५ जना र ललितपुरमा एक जनामा कोरोना देखिएको बताए ।

त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौंका तीनजना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।