लगातारको वर्षाले देउखुरीको जमुनीबास पुल जोखिममा

भालुवाङ, लगातारको वर्षाका कारण देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेका जमुनीवास पुल जोखिममा रहेको छ । बस्तीसंगै पुल मुनि सिलटप भएर नदिजन्य पदार्थ थुप्रिएपछि पुल जोखिममा परेको हो ।

बर्खायाममा आउने भलले गर्दा जमुनीवास पुलसंगै जमुनीवास गाउँ समेत जोखिममा परेको स्थानिय दिपकबहादुर बुढाले जानकारी दिएका छन् । नदिमुनी रहेको नदिजन्यको उत्तखनन् नगरे ठूलो क्षेति हुन सक्ने आँकलन गरिएको छ । साथै बर्खायाममा आएको भलले गर्दा जमुनीवासका २० घर उच्च जोखिममा रहेका छन् ।

देउखुरीमा खहरे खोलाले प्रत्येक वर्ष विभिन्न स्थानमा जमिनहरू काट्दै आइराको छ । लाखौ बजेट लगायर बनाइएको तटबन्ध खोलाले बगाएको छ । चारैतिरबाट खोलाले जग्गा कटान गरि खोलेको छ ।