दलित तथा गैह्रदलित राष्ट्रिय संजालको केन्द्रीय सल्लाहकार चयन

दाङ, जातीय विभेद एवं छुवाछुत अन्त्यका लागि गठित दलित तथा गैह्रदलित राष्ट्रिय संजालको केन्द्रीय सल्लाहकार चयन गरिएको छ ।
दलित तथा गैह्रदलित राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष बिष्णुकुमार देवकोटाको अध्यक्षतामा शुक्रबार दाङकाे घोराहीमा बसेको बैठकले संजालको बृहत्तर उद्देश्यलाई अगाडि बढाउन केन्द्रीय सल्लाहकार मनोनित गरेको हो ।

जातीय विभेद एवं छुवाछुत अन्त्यकाका लागि समाजमा बिशिष्ट योगदान पर्याउँदै आएका प्राध्यापक प्रकाश श्रेष्ठ, जोगेन्द्र विश्वकर्मा, खड्ग बुढाथोकी, अभियान बस्नेत, दधिराम शर्मा भण्डारी, बाबुराम विश्वकर्मा, सरोज शाह, चूर्णबहादुर नेपाली, पुष्कर केसी र चित्रसिंह गन्धर्वलाई सामुहिक सल्लाहकार समितिमा चयन गरिएको संजालका महासचिव शरद समीप विश्वकर्माले बैठक पछि जानकारी दिए ।
सल्लाहकारले जातीय विभेद एवं छुवाछुत अन्त्यका लागि मार्गदर्शन गर्ने बताईएको छ ।