३३ किलो सुन तस्करीका आरोपी खड्कालाई यूएईबाट काठमाडौँ ल्याइयो
प्रकासित मिति : २०७७ असार २७, शनिबार १६:१०
प्रकासित समय : १६:१०
काठमाडौँ, ३३ किलो सुन तस्करी प्रकरणमा यूएईमा पक्राउ परेका एक आरोपीलाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि २०७५ माघमा यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शनिबार काठमाडौँ ल्याइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिए ।
शाहीका अनुसार काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । मोरङका चुडामणि उप्रेती ‘गोरे’को समूहमा रहेर उनले यूएईबाट नेपालमा सुन तस्करी गर्ने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो । खड्कालाई मोरङ लैजाने तयारी छ ।