केएमसी अस्पतालमा मृत्यु भएका बिरामीमा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ असार २७, शनिबार १०:४६
प्रकासित समय : १०:४६
काठमाडौं, काठमाडौं, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
उपचारका क्रममा गत बिहीबार मृत्यु भएका गोकर्णका ५४ वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। ती पुरुषको स्वाब नमुना गत आइतबार संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ।
अस्पतालका अनुसार ती पुरुष मिर्गौलाको बिरामी थिए। ती पुरुषको शव व्यवस्थापनका लागि नेपाली सेनाले लगिसकेको अस्पतालले जनाएको छ।