पचालझरनाको लाफामा बन्यो नमुना आधुनिक लिफ्ट सिचाई
कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाको लाफामा आधुनिक लिफ्ट सिचाई आयोजना सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार सिचाइ कार्यालयको ३५ लाख र स्थानीयको २० प्रतिशत अर्थात ७ लाख लगानिमा सम्पन्न भयको हो ।
पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवाल लगायतको टोलिले अनुगमन गरि आजबाट शुरुवात गरिएको उपभोक्ता समितिका अध्यक्ष बिष्णुलाल न्यौपानेले जानकारी दिए ।
जिल्लाका अन्य ठाँउमा लिफ्ट सिचाइ असफल भएपछि नयाँ तरिकाले काम भयकोले जिल्लाको नमुना भयको बताइएको छ । करिब ५०० मिटर उचाइमा आज परिक्षण भएको छ । गाउँपालिका केन्द्र र लाफाको माथिल्लो क्षेत्र गरि दुई स्थानमा लिफ्ट सिचाइ संचालनमा ल्याउने उद्देश्यका साथ सुरु गरिएको बताइएको छ ।
लिफ्ट सिचाइको लागि ८६ लाख बजेट लाग्ने अनुमान हुने बताएको छ । लिफ्ट सिचाइले लाफाको माथिल्लो क्षेत्रमा रहेको शुख्खा क्षेत्रलाइ राहत मिल्ने जनाइएको छ ।
गाउँ पालिकामा नयाँ र राम्रो काम भएकाले यसबाट फाइदा लिनुका साथी निरन्तरता दिन गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले स्थानीयलाई आग्रह गर्नु भएको छ ।
जिल्लाको नमुना कार्य भयकोमा स्थानीय खुशी भएका छ्न । यस अघि पचालझरनाको बगर, रास्कोट्को नडि लगायतका ठाँउमा सम्पन्न भएपनी सुचारु भयका छैनन ।