उपभोक्ताको विरोधपछि लमही खानेपानीले प्रति युनिट ३० रूपैयाँ महसुल कायम
देउखुरी, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानीको महसुल समायोजन गरेको छ । शुक्रबार संस्थाका अध्यक्ष दण्डीराम चाैधरीको अध्यक्षतामा अाकस्मिक बैठक बसी महसुल समायोजन गरेको हो ।
संस्थाले लकडाउन अबधिमा मिटर रिडिङ गर्न नपाई असारमा रिडिङ गर्दा महसुस अप्रत्याशित बढ्न गई उपभोक्ताहरू मारमा परेको कुरालाई मध्यनजर गरि न्यूनतम महसुलमा वृद्धि भएर आएको अंक प्रति युनिट ३०रूपैयाँका दरले कायम गरेको संस्थाका अध्यक्ष दण्डीराम चाैधरीले जानकारी दिएका छन् ।
साथै बैठकले महसुस बुझाउन बाँकी रहेकाहरूले सोही अनुसार बुझाउन र महसुस बुझाइ सकेकाले संस्थाको कार्यालयमा सम्पर्क राखी बढी तिरेको रकम फिर्ता लैजान समेत संस्थाका अध्यक्ष चाैधरीले अनुरोध गरेका छन् । असारमा मिटर रिडिङ गर्दा प्रत्येक उपभोक्ताको महसुल फरक फरक अाएको सुनखोली लमही निवासी उपभोक्ता विष्णु पाण्डेले बताए ।
पाण्डेको मात्रै असार महिनाको खानेपानी महसुल २ हजार १ सय रूपैयाँ अाएको थियोे । यस अघि उनले ५ सय १० रूपैयाँ सम्म मासिक रूपमा बुझाउँदै अाएका थिए । महसुल एक्कासी धेरै अाएपछि उपभोक्ताहरूले विरोध जनाएका थिए । चाैतर्फी विरोध तथा गुनासो अाएपछि संस्थाले महसुलमा समायोजन गरेको हो ।