रुकुमको आठबिसकोटमा पहिरोले घर पुर्दा आमा छोराको मृत्यु

रुकुम,रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ स्यालाखदीमा एकाबिहानै पहिराेले घर पुर्दा सुतिराखेका आमा छोराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार शुक्रबार बिहान ६ बजेको समयमा तुल बहादुर दमाईको घर पहिरोले पुर्दा २८ वर्षकी सीता दमाई र उनका ६ वर्षीय छोरा हाविल परियारको मृत्यु भएको हो ।

घटनामा परि ८ वर्षीया हिरा परियार घाइते भएकि छिन । घटनास्थलमा नेपाल प्रहरी र स्थानीयबासीले उद्दार कार्य गरिरहेको प्रहरीले बताएको छ।